Rule 16
इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्ने
(१) यो नियमावली बमोजिम दिइएकोइजाजतपत्र वा प्रमाणपत्र देहायका अवस्थामा कार्यालयले स्थगित वा रद्द गर्न सक्नेछ
(क) इजाजतपत्रवालाले उत्पादित, निर्मित वा अङ्गिकृत प्रक्रिया वा प्रदत्त सेवा नेपाल गुणस्तर अनुरूप नभएमा,(ख) इजाजतपत्रवालाले नेपाल गुणस्तरमा निर्दिष्ट विधिहरू नअपनाई कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गरेमा,
(ग) इजाजतपत्रवालाले ऐन वा यो नियमावलीको प्रतिकूल काम कारवाही गरेमा वा कार्यालयले दिएको आदेश नमानेमा, वा
(घ) इजाजतपत्रवालाले इजाजतपत्र, प्रमाणपत्र वा कबूलियत वा मन्जूरनामामा तोकिएको शर्तहरू पालना नगरेमा ।
(२) इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्नु भन्दा अगावै इजाजतपत्रवालालाई आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ । इजाजतपत्रवालाले म्यादभित्र स्पष्टीकरण पेश गरेमा त्यस्तो स्पष्टीकरणमा समेत विचार गरी कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्ने नगर्ने कुराको अन्तिम निर्णय गर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र वा प्रमाणपत्र स्थगित भएको अवस्थामा सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा इजाजतपत्रवालाले गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गर्न पाउने छैन ।